Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने

फागुन,१४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो । बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लकोटीले भने, ‘पर्ख र हेरको रणनीतिमा छौँ ।

नागरिकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि उनले फेरि मन्त्री बन्ने प्रयास गरेका थिए । तर, उनले मागेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नदिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने कायम राखेको थियो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावको मुखैमा १० पुसको गठबन्धन परिवर्तन गरी नयाँ आठदलीय गठबन्धन बनाएपछि रास्वपाले कुनै नयाँ निर्णय गरेको छैन । उसले पर्ख र हेरको रणनीति अपनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com