Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

ताइवानको कम्पनीले तोड्यो भारतमा साढे १९ अर्ब डलरमा सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौता

ताइवनको फक्सकन कम्पनी भारतमा साढे १९ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौताबाट पछि हटेको छ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार फक्सकनले भारतीय उद्योगपति अनिल अग्रवालको वेदान्त कम्पनीसँग मिलेर प्लान्ट बनाउने सम्झौताबाट हात झिकेको हो।

एप्पलका आइफोन र अन्य उत्पादन एसेम्बल गर्ने कम्पनीका रूपमा ख्याति कमाएको फक्सकन टेक्नोलोजीले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सेमिकन्डक्टर प्लान्ट बनाउन वेदान्तसँग सम्झौता गरेको थियो।

सोमबार एक विज्ञप्ति जारी गर्दै फक्सकनले महत्वपूर्ण सेमिकन्डक्टर योजनालाई वास्तविक बनाउन एक वर्षसम्म वेदान्तसँग निकै मेहनत गरेको भए पनि सम्भव नभएको उल्लेख गरेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com