Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल भ्रमणमा आउने

काठमाडौं २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्।
भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने तयारी छ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।
बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन्।

मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन्।
नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन्।

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् ।
प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com