Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउँछ : अध्यक्ष ओली

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज सोमवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।’

एमाले सरकारमा जानका लागि नभइ देशलाई बरबादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले नागरिकको सद्भाव र एकताका लागि चुनावमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी चुनावमा जान लागेको उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आउँदो चुनावले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो ।

उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले चुनाव जित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com