Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बेइजिङ पुगे फ्रान्सका राष्ट्रपति म्याक्रों

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों तीन दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्।
बुधबार दिउँसो बेइजिङ पुगेका म्याक्रोंले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्वीपक्षीय वार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

म्याक्रोंको भ्रमणको उद्देश्यबारे खुलाइएको छैन। तर युक्रेनमाथि रूसले गरेको आक्रमण रोक्न चीनले भूमिका खेल्न सक्ने बताएका म्याक्रोंले बेइजिङमा रहँदा यसका लागि कुरा गर्न बताइएको छ।

चीनले रूसले युक्रेनमाथि गरेको आक्रमणलाई युद्ध भनेको छैन। गत महिना चिनियाँ राष्ट्रपति चिनफिङले मस्को पुगेर शान्तिको प्रस्ताव अघि सारेकार थिए। उनको प्रस्तावलाई युक्रेन र पश्चिमा मुलुकले काम नलाग्ने बताएका थिए।सिएनएनका अनुसार म्याक्रोंसँग युरोपेली आयोगकी अध्यक्ष उर्सुला भेनडेर लेयन पनि बेइजिङ पुगेकी छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com