Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस

सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटा आउँदो चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल, आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा र अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दास र अपाङ्गबाट टीकाराम पराजुली सिफारिस हुनुभएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com