Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी

जेठ,२ काठमाडौं। नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले जितेका छन् । खत्रीलाई आठ सय भन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४,९४२ मत ल्याउँदा खत्रीले ४,११४ मत पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । तर यसपटक भने एमालेलाई नै हराउँदै दोस्रोपटक अध्यक्ष जिते ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले जितेका छन् । खड्काले ४,६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३,८६३ मत पाइन् । यो गाउँपालिकामा सत्ता साझेदार दलहरुको गठबन्धन भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com