Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

समाजवादी जागरण अभियान सफल भयो: माधव नेपाल

twitter sharing button

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन्।

शनिबार धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफलरूपमा सम्पन्न भएको बताएका हुन्।

समाजवादी जागरण अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

 उनले समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताए। अध्यक्ष नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए। समाजवादी जागरण अभियान समाजवादप्रति मानिसहरूको आकर्षण बढाउनल सफल भएको उनको भनाइ थियो।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com