Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै

फागनु,१६काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो। करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो।

अधिवेशनको पहिलो दिन संसद्‌मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्‌मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्‌मा टेबुल गर्ने छ। आमसञ्चार विधेयक र बिउ विजन सम्बन्धी विधेयक समितिमा दफावार छलफल भइसकेको छ। प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्‌मा पेस गर्ने तयारी छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com