Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

संसदमै सभामुखलाई ताला-चाबी बुझाए

जेठ, १४ काठमाण्डौ । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रूपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला(चाबी बुझाएका छन्।

प्रमुख प्रतिपक्षीले आफ्ना कुरा मात्रै सुनाउने तर अरूको पालो आएपछि विरोध गरी कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरूप उनले प्रतिकात्मक रूपमा सभामुखलाई ताला(चाबी बुझाएको उनले बताए।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेको थियो। विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गरेका थिए।

‘प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ। म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छ,’ उनले भने, ‘उहाँहरू धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ। र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ। फेरि ताला लगाउन खोज्नुहुन्छ।’

त्यसैले आफूले ताला चाबी ल्याएर बुझाउनुपरेको उनले उल्लेख गरे।

‘तपाईहरू धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला। जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला,’ उनले भने, ‘मैले सभामुखज्यूलाई बुझाएँ।’

त्यस्तै गाली गर्नेलाई संसदमा तीन घण्टा समय दिने तर कर्णालीको आवान उठाउनेलाई तीन मिनेटमात्रै छुट्याएको भन्दै उनले आपत्ति समेत जनाए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com