Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पाँच प्रस्तावमा फेरि पनि बिर्से प्रचण्डले बालसेनाको मुद्दा

८ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान वीर अस्पताल पुगेर जनयुद्धमा घाईते भएका र अहिले पुन समस्या बल्झिएका जनसेनासँग भेट गरेका छन । उनले सबै घाईते जनसेनाहरुको उपचारका लागि सरकार र पार्टी लाग्ने आश्वासन पनि दिएका छन । आश्वासन दिए लगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुरलाई भेट्न बालुवाटार पुगेका थिय । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। यस क्रममा माओवादी केन्द्रका तर्फबाट सशस्त्र युद्धका क्रममा घाइते भई अपांगता भएकाहरूलाई सरकारकार्फबाट सहयोग तथा सम्मानका लागि पाँच बुँदाामा ध्यानाकर्षण गराएका हुन। अहिले भर्खरै वालुवाटारमा प्रधानमन्त्रीज्यूसँगको छलफलमा घाइतेरअपांग योद्धाहरुको सन्दर्भ ध्यानाकर्षण गराएका विषयहरुः

–जनयुद्ध सशस्त्र द्वन्द्व डकुमेन्ट भएको सरकारी भाषामा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,

–जनयुद्धरसशस्त्र द्वन्द्व डकुमेन्टमा भएको सरकारी भाषामा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,

–जनयुद्धरसशस्त्र द्वन्द्व डकुमेन्टमा भएको सरकारी भाषामा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

–जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनु भएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,

– जनयुद्धरसशस्त्र द्वन्द्व डकुमेन्टमा भएको सरकारी भाषा का क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com