Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आचारसंहिता उल्लंघनको पहिलो कारबाहीमा परे काठमाडौं–१६ का वडाध्यक्ष, पाँच हजार जरिवाना

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना लगाएको छ । आचारसंहिता विपरीत उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा ९३० बमोजिम आयोगले जरिवाना लगाइएको हो । आफ्नो क्षेत्रमा जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

आयोगले सोधेको स्पष्टीकरणमा उनले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि प्रचार प्रसारमा सहभागी नभएको जवाफ दिएका थिए । तर, आयोगले उनी सहभागी भएको प्रमाण पाएपछि जरिवाना लगाएको हो ।

१२ असोजदेखि लागू भएको आचारसंहिता उल्लंघनमा ७१ व्यक्ति र संघसंस्थालाई आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघनमा यसपटक पहिलो कारबाहीमा वडाध्यक्ष रिजाल परेका हुन् ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com