Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मुगुमा आठ महिनापछि अस्पतालमा विशेषज्ञ डाक्टर

भदौ,१ काठमाडौं । जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।

गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो । यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।

मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए । अस्पतालमा लामो समयसम्म विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बाहिरी रिफर गर्नुपर्ने अवस्था रहको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com