Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

जिप दुर्घटना हुदाँ १४ जना घाइते एक जनाको मृत्यु

साउन, १४ काठमाडौं । प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । आज दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटनामा रुपन्देही मायादेवी गाउँपालिका ३ की ३२ वर्षीय मायादेवी ठाकुरको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com