Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

विदेश पठाइदिने भन्दै ५७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

माघ,२४ काठमाडौं । विदेशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ५७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

सोलुखुम्बु घर भई काठमाडौंको टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनले ७ जनालाई सिंगापुर, अफगानिस्तान, घाना लगायत देशमा पठाइदिने भनेका थिए। ती देशमा काम गर्न जान १० लाख लाग्ने बताएका थिए।

पानीजहाजमा काम लगाइदिने र मासिक एक लाख भन्दा बढी तलब हुने भनेर प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी राठौरले बताए। उनका अनुसार त्यसरी विश्वासमा लिएर उनले पीडितहरूबाट पटकपटक गरी ५७ लाख ५० हजार रुपैयाँ लिएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com