Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादीकी रेनु दाहालले उम्मेदवारी दर्ता गरिन्

काठमाडौं १२ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्।
दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुन्।

सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि मेयरको पदबाट राजीनामा दिएकी थिइन्। २०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन्।

भरतपुरका २० वडा कांग्रेस, ५ वडा माओवादी र ३ वडा एकीकृत समाजवादीको भागमा परेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com