Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

चीनसँग रचनात्मक र फलदायी वार्ता भयाे : अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको जनाएको छ । चीन भ्रमणमा रहेका विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले चिनियाँ विदेशमन्त्री किन गाङ्गसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले कुटनीति र उच्च तहमा संवादका ढोकाहरु खुला राखेर सम्बन्ध अघि बढाउने सहमति भएको जनाएको हो ।

मन्त्रालयले विदेशमन्त्री ब्लिङ्केनले चिनियाँ समकक्षीसँग खुलस्त कुराकानी गरेका पनि दाबी गरेको छ । झण्डै पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कुटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलो पटक हो । अमेरिकी आकाशमा चिनियाँ बेलुन उडानपछि झण्डै पाँच महिनाअघि ब्लिङ्केनको  चीन भ्रमण स्थगित गरिएको थियो ।

अमेरिकी अधिकारीहरूले यो वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन् । चीनका विदेशमन्त्री किन गाङ्गले ब्लिङ्केनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएका चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

वार्तामा चिनियाँ विदेशमन्त्री किन गाङ्गले चीन–अमेरिका सम्बन्धमा ताईवान नै मुख्य विवादको विषय रहेको भन्दै ताईवानको विषय चीनका लागि निकै संवेदनशील हो भन्ने पनि प्रष्ट पार्नुभएको खबरमा उल्लेख छ । चीनले स्वशासित ताईवानलाई आफ्नै टुक्रिएको प्रान्तको रूपमा हेर्न गरेको छ भने ताईवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ ।

गएको वर्षअमेरिकी राष्ट्रपति जो बाइडनले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिकाले ताईवानको रक्षा गर्ने बताउनु भएको थियो  ।  यसको चीनले विरोध जनाएको थियो । एजेन्सी 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com