Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ प्रचण्ड

माघ, २१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताएका छन् ।

आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले जित हासिल गरेको बताएका हुन् ।

हाम्रो आन्दोलनको विजय भएको छ’ प्रचण्डले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन ।

प्रधाननमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताए ।

‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो’ उनले भने ‘‘कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com