ओलीको गाडीमा ढुंगा हान्ने माथि छानविन
गृह मन्त्रालयले आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गाडीमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको देखिएको भन्दै ध्यानकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेको जनाएको छ ।
एमसीसीको विरोधका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सवार गाडीमा आइतबार ढुंगा प्रहार भएको थियो । मन्त्रालयले प्रदर्शनको नाममा सामाजिक जीवनलाई अवरोध पुर्याउने कामहरु भएको भन्दै यसै क्रममा सांसदहरुलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएकाले त्यस्ता कार्य नगर्न सचेत गराएको छ ।