Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

प्रतिनिधिसभाको बैठक ४ बजे बस्ने

जेठ, ३ काठमाडौँ । प्रतिनिधिसभाको बैठक ४ बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताए ।

यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com