Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्धका मुद्दा खारेज गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयलाई नेकपाले स्वागत गरेको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीको धारणा सार्वजनिक गर्दै भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक एवम् अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको हो।

उनले भनेका छन्, ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ।’

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच ३ बुँदे सहमति भएको थियो। हेर्नुहोस् नेकपाको धारणा नागरिक दैनिक

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com