Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

माघ,७ काठमाडौं । वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत दुई जना विद्यार्थीको आज बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले बताएको छ ।

वीरगन्ज–१५ भिस्वाको जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यमहा कम्पनिको आर १५ मोटरसाइकल दुर्घटना हुदाँ उनीहरूको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता कुमार विक्रम थापाले बताए ।

मृतक दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रबक्ता थापाले बताए। भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com