Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टिकट वितरणमा विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट

काठमाडौं ११ वैशाख । जनता समाजवादी पार्टी जसपा मा टिकट वितरणमा भएको विवादले नेता–कार्यकर्ताबीच हातपात भएको छ।
आज बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा विवाद कुटाकुट भएको हो।

गणेशमान चारनाथ नगरपालिकाका निर्वतमान मेयर रामबाबु यादवलाई टिकट नदिने बताइएपछि उनका समर्थक र टिकट वितरण गर्ने नेताहरुबीच विवाद भएको थियो।

कुटपिटबाट जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपानिकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित चारजना नेता कार्यकर्ता समान्य घाइते भएको बैठकमा सहभागी एक नेताले बताए।

‘राबाबुजीको टिकट काट्ने भएपछि उहाँका कार्यकर्ता आक्रोशित हुँदै आएका थिए। भनाभनपछि कुटपिट नै भयो,’ ती नेताले भने।
कुटपिट स्थलबाट केहीबेर अघि नै मधेश भौतिक पुर्वाधारमन्त्री रेणु यादव, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साह लगायतका नेताहरु बाहिरएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com