Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

काठमाडौं २६ चैत । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअगि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ । यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ ।

आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ । रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com