Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जुरे पहिरो पीडितले नगद राहत पाउने

जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको २ करोड २४ लाख ६६ हजार ६५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिए ।

आठ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि पहल गरेका थिए ।

वि.सं. २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com