Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

टर्कीमा सात महिनामा ३ करोड ३४ लाख पर्यटक पुगे, अघिल्लो वर्षकोभन्दा झण्डै १४ प्रतिशत वृद्धि

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले धेरै हो ।

टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए । यस वर्ष अब पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्यामा राम्रो सुधार हुने अपेक्षा रहेको टर्कीले जनाएको छ ।

कोरोना महामारीबाट प्रभावित भएको टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ । टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् । एजेन्सी 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com