Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

लहानमा गोली चल्दा एक जना घाइते

असार, १२ काठमाडौं । सिराहाको लहानमा गोली चल्दा एक जना घाइते भएका छन्।
आज बिहान पौने ९ बजे लहान नगरपालिका-२२ बेलहिजातियाहीस्थित रविन चौधरीको घरमा गोली चलेको हो। गोली एक जनाको पेटमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए।

१८ वर्षीय दिलिप मुखियाको पेटको नाइटोभन्दा माथि गोली लागेको हो। घाइते दिलिपको उपचारको लागि धरान पठाएको छ। उनको अवस्था गम्भीर छ।

प्रहरीले एक जना नाबालिगसहित दुई जनालाई पक्राउ समेत गरेको छ।
प्रहरीले सोही ठाउँका १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय बालकलाई पक्राउ गरेको छ। सुशान्त चौधरीले गोली चलाएका थिए।

प्रहरीले घटनास्थलबाट नाम नभएको एउटा पेस्तोल, पाँच थान ७.६५ एमएमको गोली बरामद गरेको छ। सोही घर नजिकैको बाँसघारीबाट एउटा कटुवा पेस्तोल, पाँच थान त्यसमा लाग्ने गोली र थप चार थान ७.६५ एमएमको गोली बरामद गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com