Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मङ्गलवार

काठमाण्डौ – सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले यो फैसला सुनाउने भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com