सुनको भाउमा नयाँ कीर्तिमान

कार्तिक, ५ काठमाण्डौ । आज फेरि सुनको भाउले अर्को नयाँ कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

यस्तै चाँदीको भाउ पनि बढेर आज तोलामा दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।