Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रधानमन्त्री देउवाले यस वर्षको भाइटीका लगाएनन्

कात्तिक, १० काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो । प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।

भाइको शोकमा रहेका कारण दशैं र तिहारमा टीका नलगाए पनि प्रधानमन्त्री देउवाले पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com