Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मस्कले आजदेखि ट्विटरका कर्मचारी निकाल्न थाल्ने

सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्।
ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्।

ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्मचारी छन्। मस्कले आधा कर्मचारीलाई कामबाट निकाल्न सक्ने जनाइएको छ।
शुक्रबारदेखि कर्मचारीहरूलाई ट्विटरले इमले गर्न थाल्नेछ। काम जारी राख्न पाउने कर्मचारीको अफिसियल इमेल ठेगानामा र जागिर छोड्नु पर्ने कर्मचारीलाई व्यक्तिगत खातामा इमेल आउने बताइएको छ।

ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ।

४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।
ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com