Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एक होटलमा महिला र पुरूष मृत फेला

साउन, ३१ काठमाडौं । बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिएका छन्।
तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा हिजो दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए। पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो। करिब ३६ वर्षका सीताराम भुजेल मृत फेला परेका हुन्।

यस्तै होटलमा दाङकी करिब २५ वर्षकी युवती पनि मृत भेटिएकी छन्। उनको नाम पुष्पा भए पनि थर खुलेको छैन। युवती ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com