Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षणबाट करिब पाँच हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका तीन सय ९७ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
जिल्लाको बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बसबरिया र रामनगर गाउँपालिकामा करिब शिविर एक सातासम्म चलेको थियो । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com