Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु

साउन, १ काठमाडौं । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको छ ।

ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए ।

मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दुराम हजाराको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको छ । गढी गाउँपालिका–३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com