Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रञ्जितालाई सम्बोधन गर्दै रेशमले भने- मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय

गठबन्धन फेरबदल भएसँगै नागरिक उन्मुक्तिको घरझगडा सतहमा आएको छ । यो विषय यहाँसम्म लम्बिएको छ कि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशम चौधरीले सरकारलाई समर्थन दिन र नदिन फरक-फरक निर्णय र निर्देशन नै जारी गरेका छन् ।

यसै सन्दर्भमा रेशमले यो घरझगडाको विषय नभएर राजनीतिक विषय भएको टिप्पणी गरेका छन् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनका पछि लाग्न नहुने आफ्नो मत रहेको उनको भनाइ छ ।

‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ,’ रेशमले फेसबुकमा लेखेका छन्, ‘घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’

यो विषयमा आफूले रञ्जितालाई दुई घण्टा सम्झाउँदा पनि सफल नभएको गुनासो रेशमले गरेका छन् । ‘कुरो रह्यो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन्,’ रेशमले फेसबुकमा लेखेका छन् ।

जवाफमा रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका राजबन्दी रिहाइ गरेकाले उनको साथ छाड्न नहुने भनेको पनि रेशमले जनाएका छन् । ‘अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ ।’

आफूहरूका कारण पार्टी डुब्ने भयो भन्ने गरेकोमा आफूलाई चिन्ता लागेको रेशमले उल्लेख गरेका छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न,’ उनले लेखेका छन्, ‘आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।’शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com