Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भारत र पाकिस्तानकाे खेल हुने दिन अहमदाबादमा हाेटलकाे भाडा बढेर १ लाख भारुसम्म पुग्याे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ । विश्वकपमा आउँदो अक्टोबर १५ तारिखमा भारतको अहमदाबादमा भारत र पाकिस्तानको खेल हुने तालिका छ ।

आईसीसीले अस्ति मङ्गलवार तालिका सार्वजनिक गरेकै दिन सयौँले अहमदाबादमा होटल बुकिङ गरेका बीबीसीले जनाएको छ । बुकिङ गर्नेहरू बढेपछि हाेटलकाे भाउ १० गुणासम्म बढेको छ । कतिपय कोठाको भाडा एक लाख भारुसम्म पुगेको छ भने केही अक्टोबर १५ का लागि पूर्णरूपमा बुक भइसकेका छन् ।

सामान्य दिनमा सहरका लक्जरी होटलहरूमा एक दिनको पाँचदेखि आठ हजार भारुसम्म तिरेर कोठा पाइनेमा अक्टोबर १५ तारिखका लागि भने बढेर ४० हजारदेखि एक लाख भारुसम्म पुगेकाे छ ।

बुकिङ डटकमकका अनुसार अहिले वेलकम होटलको डिलक्स कोठा भाडा एक रातको पाँच हजार छ सय ९९ भारु छ । तर अक्टोबर १५ मा यस होटलमा बस्न चाहनेले भने ७१ हजार नाै सय ९९ भारु तिर्नुपर्नेछ । गुजरातको होटल एन्ड रेस्टुरेन्ट एसोसिएशन (एचआरए) का प्रवक्ता अभिजीत देशमुखले बुकिङ गर्नेको चाप बढेसँगै भाउ बढ्नु स्वाभाविक भएको बताएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com