Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारत भ्रमण पूर्णरूपमा सफल: प्रधानमन्त्री

जेठ,२० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताएका छन्। भारतको ४ दिने औंपचारिक भ्रमण गरी आज स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दावी गरेका हुन्।

प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताए।

उनले विगतमा थाँति रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि जनाए । प्रधानमन्त्री दाहालले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बनाउन यस भ्रमणले योगदान गरेको छ। भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ।

नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com