Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त

असार,२६ काठमाडौं । सोलुखुम्बु माबेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर लिखुपिके गाउँपालिका(५ भकान्जेमा रहेको लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गर्नु भएको छ । हेलिकप्टरमा चालकसहित ६ जना विदेशी यात्रु थिए । क्याप्टेन चेत गुरुङले हेलिकप्टर उडाउनु भएको थियो । हेलिकप्टरमा रहेका पाँचै जना मेक्सिकोका नागरिक रहेका लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com