Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भान्जाले गरे मामाको हत्या

कार्तिक,२८ काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–८ मा गएराति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।
उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो । उपचारकै क्रममा गएराति उहाँको ज्यान गएको प्रहरीले बताएको छ ।

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com