Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पेल्मामा १२ बजे पछि मतदान सुरु

रूकुम (पूर्वको )पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अपरान्हपछि मात्र सुरु भएको छ। प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा १२ बजेपछि मात्र मतदान सुरू भएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बिहानभर फोन सम्पर्क नभएको र बिहान ९ बजेपछि मात्रै स्याटेलाइट फोन सम्पर्क हुँदा मतदान सुरू नभएकोबारे उनिहरुले जानकारी पाएका थिए।

‘दिउसो १२.५ बाट मतदान सुरु भएको छ। सर्वदलीय बैठक बसेर निर्वाचन गर्ने सहमति भएको थियो।’ प्रमुख जिल्ला अधिकारी खड्काले नागरिक संग भने ‘हिजो कांगे्रस र माओवादी बिचको झडप पछिको परिस्थितीका कारण मतदान सुरु गर्न ढिलाई भएको हो।

उक्त पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा चुनावी तालमेल रहेको छ। स्थानिय प्रसासनले सामान्य झडप भनेपनि स्थानियका अनुसार कांग्रेसका एक जना कार्यकर्ता गम्भीर घाइते छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com