Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काबुलमा भएको विस्फोटमा तालिबानी नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु

साउन,२७ काबुल । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारि जलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । यसमा परी १२० भन्दा बढी व्यक्ति मृत्यु र घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com