Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चार देशको बैठकलाई इरानद्वारा स्वागत

दमास्कस् । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार देशका उपविदेशमन्त्रीहरुको सो संयुक्त बैठकको स्वागत गरेका हुन् ।

यी चार देशका उपविदेशमन्त्रीहरुको बैठक आगामी हप्ता रुसको राजधानी मस्कोमा आयोजना गरिएको छ । सो बैठकमा खासगरी क्षेत्रीय सुरक्षा र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा छलफल हुने बताइएको छ ।

रुस र युक्रेनका बीचमा जारी रहेको युद्ध र यसका कारण सो क्षेत्रमा उत्पन्न भएको परिस्थितिका बारेमा पनि सो बैठकमा कुराकानी हुने बताइएको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्रीले सो बैठक मध्यपूर्वी क्षेत्रमा विकसित पछिल्लो परिस्थितका बारेमा पनि छलफल हुने भन्दै त्यसको स्वागत गरेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com