Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाडीको ठक्करबाट एक जनाको मृत्यु

चैत्र,१ काठमाडौं । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com