Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

स्थानिय तह निर्वाचनको विषमा ढुलमुलमा विप्लव

काठमाडौं १६चैत ।कपिलवस्तु — महासचिव नेत्रविक्रम चन्दले राखेको स्थानीय निर्वाचनमा भाग लिने प्रस्ताव अल्पमतमा परेपछि नेपाल कम्युनिस्ट पार्टीले मध्यमार्गी धार तय गरेको छ । नेकपाको सोमबार सम्पन्न केन्द्रीय कमिटीको १२ औं पूर्ण बैठकले ‘निर्वाचन बहिष्कार न उपयोग’ को नीति अघि सारेको हो ।
१२ दिन लामो बैठकमा जनताको भावना बुझ्न स्थानीय निर्वाचनमा भाग लिनुपर्ने प्रस्ताव चन्दले राखेका थिए ।

उक्त प्रस्तावमा आठ दिनसम्म केन्द्रीय सदस्य, स्थायी कमिटी र केन्द्रीय सल्लाहकारले छलफल गरेका थिए । ‘निर्वाचनमा सहभागी हुने प्रस्ताव पारित हुने माहोल बनेन,’ ती सदस्यले भने, ‘बहुमत चन्दको विपक्षमा रह्यो ।’ बहुसंख्यक केन्द्रीय सदस्य विपक्षमा भएपछि पार्टी जोगाउन मध्यमार्गी बाटो अपनाइएको उनले बताए ।

प्रस्तावको पक्षमा समर्थन जुटाउन महासचिव चन्दले दुई दिनसम्म केन्द्रीय सदस्यसँग एक्लाएक्लै छलफल गरेका थिए । सहमति जुटाउन नसकेपछि चन्द पछि हटेका हुन् । ‘निरपेक्ष बहिष्कार पनि होइन,’ एक केन्द्रीय सदस्यले भने, ‘निरपेक्ष उपयोग पनि होइन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com