Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

sharethis sharing button

बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ। महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो।

मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो।

बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आफूहरूको अम्दानी बढ्ने महिला किसान बताउँछन्।

‘अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउने छन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ,’ बीउ बोका पाएपछि मटिहानी–१ की बाख्रापालक महिला किसान हीरा सहनीले भनिन्, ‘यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ।’

हीराजस्तै मटिहानी–३ आवर बस्तीकी ललितादेवी र मटिहानी–५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताए।

नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बीउ बोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com