Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाँकेको कोहलपुरमा पनि डोजर चल्यो, अतिक्रमित संरचना हटाउन थालियो

बाँके – बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा सोमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।

न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् ।

मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयोग गर्न नगरवासीसँग आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितको टोलीको सहयोगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाबाट सुरु भएको अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com