Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

बैशाख,१२ काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २ मा मतगणना अन्तिमतिर पुगेको छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो अन्तरसहित जिततर्फ उन्मुख बनेका छन्।

लामिछानेले ५० हजार भोट कटाएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएका छन्।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने नै विजयी भएका थिए। नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर हुँला लामिछानेको सांसद पद समेत गुमेपछि चितवन २ मा उपनिर्वाचन भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com