Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालयमा सुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि केही ढिला बैठक सुरू भएको हो।

शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो। उक्त बैठकलाई आज पनि निरन्तरता दिइएको हो।
बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ। टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ।

प्रदेश सभापतिहरूले भने शुक्रबार नै बोलेर सकेका थिए। उनीहरूले गठबन्धनको औचित्य पुष्टि हुने गरी र भविष्यमा धोका नदिने गरी आवश्यकताका आधारमा अरू दलसँग तालमेल गर्न सकिने राय राखेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com