Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पाकिस्तानमा बस दुर्घटना, ४० जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिए ।

मृतकहरूको पहिचान हुन नसकेको बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताएका छन् । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

राजमार्गहरुमा ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमताभन्दा बढी यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या अधिक हुने बताइएको छ ।सन् २०१८ मा पाकिस्तानमा सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com