Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सासूमाथि कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित

अछाम – अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक आज शुक्रवार सम्मानित हुनुभएको छ ।
यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्यौपाने सम्मानित हुनुभएको हो । न्यौपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गर्नुभएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले बताउनुभयो ।

बालकले तत्काल घटना रोक्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गर्नुभयो ।
कुटपिटमा परेकी सासुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com